सिन्जो आबे जापानको इतिहासकै सवैभन्दा राम्रो प्रधानमन्त्री : ट्रम्प

उज्यालो प्रतिनिधि १५ भाद्र २०७७, सोमबार विश्व

वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै पद त्याग गरेका जापानी प्रधानमन्त्री सिन्जो आबेलाई जापानको इतिहासकै सवैभन्दा राम्रो प्रधानमन्त्रीको संज्ञा दिएका छन् ।

दुई नेताबीचको टेलिफोन कुराकानीका क्रममा ट्रम्पले आबेको प्रशंसा गर्दै राम्रो प्रधानमन्त्रीको संज्ञा दिएका हुन् । जापानका तत्कालिन प्रधानमन्त्री ६५ बर्षीय आबेले गत शुक्रबार पद त्यागेको घोषणा गरेका थिए ।

आफ्नो अस्वस्थताका कारणले गर्नुपर्नेजति काम गर्न नसकेको र त्यसले देश र जनतालाई हानी पुर्‍याउन लागेको भन्दै उनले राजीनामा दिएका थिए । अझै झण्डै साढे एक बर्ष कार्यकाल बाकी रहेकै बेला पद त्यागको घोषणा गरेका आबे जापानको इतिहासमा सवैभन्दा धेरै समय प्रधानमन्त्री बन्ने नेता पनि हो ।

गत आइतबार राति ट्रम्पले फोन गरेपछि दुई नेताले पछिल्लो चार वर्षमा आफूहरुका बीचमा भएका सहकार्य, भेटघाट र वार्तालापहरुको स्मरण पनि गरेका थिए । समीक्षाका क्रममा दुई नेताले आफुहरुबीचको सम्वन्ध विशिष्ट प्रकारको भएको चर्चा गरेका थिए ।

आबेले पद त्यागको घोषणा गरेपछि उहाँहरुका बीचमा पहिलो पटक कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले जनाएको छ । राष्ट्रपति ट्रम्पले जापानमा आबे प्रधानमन्त्री भएको बेलामा जापान र अमेरिकाबीचको सम्वन्ध सुमधुर रहेको उल्लेख गरेका थिए ।

उनले जापान–अमेरिका सम्वन्ध आगामी दिनमा पनि थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्दै जापानलाई राम्रो बनाउन आबेको अति महत्वपूर्ण भूमिका रहेको दावी गरे । आबेको कार्यकाल अर्को बर्ष सन् २०२१ को सेप्टेम्बरसम्मका लागि थियो । उनले पद त्याग गरेपछि जापानमा अहिले नयाँ प्रधानमन्त्री चयन गर्ने प्रक्रिया चलिरहेको छ । पिटिआई

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार