धितोपत्र बजारमा शेयर कारोबारमा समस्या

उज्यालो प्रतिनिधि १४ भाद्र २०७७, आईतवार अर्थ

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा आएको समस्यामा कारण धितोपत्र बजारमा शेयर कारोबारमा समस्या देखियो । आज बिहान ११ः०० बजे कारोबार शुरु हुने बित्तिकै देखिएको समस्या दिउँसो ३ः०० बजेसम्म जारी रहेको थियो ।

समस्या समाधान नहुञ्जेलसम्म नेप्सेले कारोबार समय थप गरेको थियो । नेप्सेले कारोबार समय साँझ ५ः१५ सम्म थप गरेको थियो । थप गरिएको समयमा समेत भएको आजको कारोबारमा नेप्से परिसूचक ४.६४ विन्दुले बढेर एक हजार ४६२.६७ मा पुगेको छ । नेप्से बढे पनि सेन्सेटिभ परिसूचक भने ओरोलो लागेको छ । सेन्सेटिभ परिसूचक ०.८० ले घटेर २९६.२९ मा पुगेको छ ।

कूल १८६ कम्पनीका ३६ लाख ८५ हजार ९६३ कित्ता शेयर रु एक अर्ब ६१ करोड ४५ लाख ५४ हजार ३०० मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ ।

त्यसमा बैंकिङ ७.४४, विकास बैंक ०.४५ र सामूहिक लगानी कोष ०.०३ अङ्कले घटे । यस्तै व्यापार १८.०७, होटल ०=६३, जलविद्युत् ९.३९, वित्त १.६२, निर्जीवन बीमा ९४.३, उत्पादन २६.५६, अन्य २६.१३, लघुवित्त २.३७ र जीवन बीमा २६.३२ अङ्कले बढेको छ ।

स्टकका अनुसार आज कारोबारका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३४ करोड ३२ लाख १० हजार २३५ बराबरको कारोबार भयो । यस्तै एनआरएन इन्फ्रास्ट्रकचर रु ११ करोड ८४ लाख ९० हजार १३०, नेको इन्स्योरेन्स रु आठ करोड ४४ लाख ५० हजार १७७ र शिवम् सिमेन्ट रु सात करोड ८९ लाख ८९ हजार ५८० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै, कारोबारका आधारमा आज एनआरएन इन्फ्रास्ट्रकचर ९.७६, नेपाल पुनरबीमा कम्पनी ८.६०, सिद्धार्थ इन्स्योरेन्स ८.१८, उन्नति सहकार्य लघुवित्त ७.९८, हिमालयन पावर पार्टनर ७.६४ र अरुण काबेली पावरका लगानीकर्ताले ७.६३ प्रतिशतले कमाए ।

त्यस्तै, तारागाउँ रिजेन्सी होटल ५.१६, लक्ष्मी इक्विटी फण्ड ३.६६, मल्पिर्पस फिनान्स कम्पनी ३.५४, युनियन हाइड्रोपावर ३.५१ र वेस्ट फाइनान्स कम्पनीका लगानीकर्ताले २.९४ प्रतिशतले गुमाए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार