पनौती वडा न: ७ को सहयोगमा निषेधाज्ञामा सम्स्या परेकाहरुलाई खाना

उज्यालो प्रतिनिधि १३ भाद्र २०७७, शनिबार बागमती

विजय जिम्बा,काभ्रे । जिल्लाको पनौतीमा निषेधाज्ञा बिच भाद्र ५ गते देखि पनौती वडा न: ७ को सहयोगमा मजदुर,अपांग,अशक्तहरुलाई खाना खुवाउँदै छन । वडा अध्यक्ष रामचन्द्र नास्नानिका अनुसार जिल्लाको पनौती नगरपालिका वडा नम्बर ६ स्थित सात बर्ष अघिदेखी होटल व्यवसाय गर्दै आएका नव दुर्गा स्विट चार्ट्का संचालक युवा जितेन्द्र गुप्ताको संयोजकत्वमा निषेधाज्ञा समस्यामा परिरहेकाहरुलाई खाना खुवाउँदै आएका छन ।

दैनिक करिब २० जनालाई निषेधाज्ञा बिच सुरक्षा सतर्कता अपनाउँदै बिहान र बेलुका खाना खुवाउँदै आएको वडा न: ७ का सदस्य पुरुषोत्तम कर्मचार्यले उज्यालो नेटवर्कलाई बताए ।

पनौती बसपार्क नजिकै रहेको नव दुर्गा स्विट चार्ट हाउस किचनमा खाना तयार गर्दै आएको छ भने करिब ४ जनाको समुहले खाना तयार पार्न सहयोग गर्दै आएका छन् । खाना खुवाउने उक्त कार्यक्रम निषेधाज्ञा नसकेसम्म निरन्तरता दिने गुप्ताले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार