काठमाडौं । चीनको वुहानबाट सुरु भएको नोवेल कोरोना भाइरस(कोभिड-१९) का कारण विश्वभर २ करोड ४८ लाख ९७ हजार २८१ संक्रमित हुँदा १ करोड ७२ लाख ८५ हजार ९०७ जनाले कोरोनालाई जितेका छन् ।
वल्डोमिटर्सको तथ्यांकअनुसार कोरोना जित्नेको संख्या ६९ प्रतिशत रहेका छन् ।
संक्रमितमध्ये ६७ लाख ७० हजार ७४१ जनामा कोरोना भाइरसका एक्टिभ केस छन् ।
उनीहरुको विभिन्न अस्पतालका आइसोलेसन तथा होम आइसोलेसनमा उपचार भइरहेको छ ।
सक्रिय संक्रमित ६१ हजार २८९ जनाको अवस्था गम्भीर रहेको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ८२ हजार ७०६ संक्रमित थपिएका छन् ।
५ हजार ६६७ जनाले ज्यान गुमाएका छन् ।






