काठमाडौं । वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख ८० हजार ६०४ पुगेको छ ।
सोमबारको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ३२ हजार ७१८ जनामा संक्रमण देखिएको छ ।
यो अघिल्लो दिनको तुलनामा १० हजार ८९४ कम हो ।
अमेरिकामा अहिलेसम्म कोरोना संक्रमित संख्या ५८ लाख ७४ हजार १४६ पुगेको छ।
संक्रमितमध्ये अहिलेसम्म ३१ लाख ६७ हजार ६३ जना संक्रमणमुक्त भएका छन् ।
उपचार गराइरहेका २५ लाख २६ हजार ४७९ जनामध्ये १६ हजार ७१७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।






