“कोरोनाभाइरस महामारी दुई वर्षभित्र नियन्त्रणमा आउँछ”

उज्यालो प्रतिनिधि ६ भाद्र २०७७, शनिबार विश्व

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरस महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आफूले आशा गरेको बताएका छन्। शुक्रवार जेनेभामा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सन् १९१८ को ‘स्प्यानिश फ्लू’ नियन्त्रणमा आउन दुई वर्ष लागेको बताए।

तर हाल प्राविधिक रूपमा बढी सबल भएका अवस्थामा उक्त भाइरस “कम समयमा” नियन्त्रणमा आउन सक्ने उनले बताए। “पक्कै पनि बढ्दो घुलमिलका कारण भाइरस फैलन सक्ने पनि सम्भावना बढी छ,” उनले भने। “तर हामीसँग यसलाई रोक्नका लागि प्रविधि र ज्ञान पनि छ।”

सन् १९१८को घातक फ्लूका कारण कम्तीमा ५ करोडले ज्यान गुमाएका थिए। हालसम्म कोरोनाभाइरस सङ्क्रमणका कारण करिब ८ लाख मानिसहरूले ज्यान गुमाएका छन् भने २ करोड ७० लाख भन्दा बढी सङ्क्रमित भएका छन्।

महासचिव टेड्रोसले महामारीका बीच व्यक्तिगत सुरक्षा पोशाक (पीपीई)सँग सम्बन्धित भ्रष्टाचार सम्बन्धी प्रश्नलाई पनि सम्बोधन गरे र त्यसलाई “अपराधको” सङ्ज्ञा दिए। “कुनै पनि किसिमको भ्रष्टाचार स्वीकार्य छैन,” उनले भने।

“तर वास्तवमा मेरा लागि पीपीईसँग सम्बन्धित भ्रष्टाचार हत्या हो। किनकि स्वास्थ्यकर्मीहरूले पीपीई बिना काम गर्नु भनेको हामीले उनीहरूको ज्यान खतरामा पार्नु हो। र त्यसले उनीहरूले सेवा गरिरहेकाहरूको ज्यान समेत खतरामा पार्छ।” उक्त प्रश्न दक्षिण अफ्रिकासँग सम्बन्धित भए पनि अन्य विभिन्न मुलुकहरूमा यस्तै किसिमको समस्या भोगिरहेका छन्।

डब्लुएचओको गतिविधि बेला बेलामा विवादमा पर्ने गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओसँगको सम्बन्ध रद्द नै गरेका छन् । उनले डब्लुएचओमाथि चीनको स्वार्थ अनुसार चलेको आरोप समेत लगाए । दिदै आएको फन्ड नै रोकिदिएका छन् ।

एकातर्फ डब्लुएचओ विवादमा पर्न थालेको छ । अर्कोतर्फ डब्लुएचओका प्रमुख घेब्रेयससको कोभिड १९ महामारीबारे विपरित भनाइहरु सार्वजनिक भइरहेका छन्।

कोरोना महामारी दुई वर्षभित्र अन्त्य हुने विश्वाससहितको भनाई सार्वजनिक हुनु अर्थपूर्ण छ । यसले विश्वमा नयाँ आशा जागेको छ । विश्वभर एक सय ६० भन्दा बढी भ्याक्सिन विकास भइरहेको, २५ वटा मानव परीक्षणका क्रममा रहेको र तीनवटा तेस्रो चरणको मानव परीक्षणमा रहेकाले नयाँ आशा जागेको छ । वैज्ञानिक आविष्कार र अनुसन्धानले विश्वमा कोरोनामाथि जीत हासिल गर्ने संकेतहरु देखिएको छ ।

अहिलेकै गतिमा भ्याक्सिन विकासमा गम्भीरता हासिल भई सफलता प्राप्त भएमा सन् २०२१ भित्र विश्वबाट कोरोना भाइरसको महामारी अन्त हुनसक्छ । विश्वका पाँच कम्पनि भ्याक्सिन विकासमा सफलतातर्फ पुगेका छन् । उनीहरुले यसै वर्ष उत्पादन शुरु गरी प्रयोग गर्ने तय भइसकेको छ । रुसी भ्याक्सिन आउँदो हप्ताबाट विश्वका विभिन्न देशमा समेत प्रयोग हुँदैछ । भ्याक्सिनको पहुँच विश्वभर सुनिश्चित गर्ने तत्परता समेत देखाइएको छ । यसरी अब महामारी अन्तको संकेतहरु देखिन थालेको छ । बीबीसी।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार