ग्लेसियर इन्टरनेसनल स्कुल एबं कलेजको ब्राण्ड एम्बेसडरमा अभिनेता बिपिन कार्की

काठमाण्डौ । शैक्षिक क्षेत्रमा लामो समयदेखि अनवरत रूपमा सेवा दिँदै आएको शान्तिनगर, बानेश्वरस्थित यस ग्लेसियर इन्टरनेसनल स्कुल एबं कलेजले नेपाली सिने जगतका चर्चित अभिनेता बिपिन कार्कीलाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ। छड्के, जात्रा, जात्रै जात्रा, गोपी, सेल्फी किङ, पशुपतिप्रसाद जस्ता चर्चित चलचित्रहरुमा आफ्नो अब्बल अभिनयका साथ दर्शक माझ लोकप्रिय अभिनेता बिपिन कार्कीलाई भाद्र १ गते देखि लागू हुने गरि ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको हो।

बिपिन कार्की जस्ता प्रतिभाशाली एबं उच्च कोटीका कलाकार हामीसंग जोडिनुभएकोमा अत्यन्तै गौरबको अनुभव गरिरहेका छौं । बिपिन कार्की जस्ता कलाकारको अभिनयले असंख्य नेपालीले मनोरञ्जन त प्राप्त गर्दछन् नै, उहाँ जस्ता प्रतिभालाई समाजले आफ्नो आदर्शका रुपमा पनि स्वीकारेका हुन्छ्न् । बिपिन कार्कीलाई हाम्रो अभिन्न अंङ्ग बनाउनुलाई हाम्रो ब्यापारिक रणनीति मानिएला । निश्चय पनि यो कदम हाम्रो ब्यावसायीक रणनीतिको एउटा हिस्सा हो । तर हामी कार्कीलाई फगत हाम्रो ुस्कृप्ट पढिदिने सुगाु बनाउन गइरहेका छैनौ । हामी चाहन्छौ ( ब्राण्ड एम्बासडरका रुपमा हाम्रो ब्राण्डको अर्थात ग्लेसियर इन्टरनेशनल स्कुल एबं कलेजको सहि एबं यथार्थ सूचना नेपाली जनमानसमा पुर्याउनु होस् । हाम्रा कमी कमजोरीहरू औंल्याउन उहाँलाई पूरा स्वतन्त्रता छ ।

हाम्रो संस्थाको उद्देश्य शिक्षाका साथसाथै अतिरिक्त क्रियाकलाप, खेलकूद र कलाकारितालाई विशेष प्राथमिकतामा राख्नु पनि हो । बिद्यार्थीको बहुमुखी प्रतिभालाई उजागर गर्नु हाम्रो अन्तिम लक्ष हो । तसर्थ भबिश्यमा पनि कलाकारिता र खेल जस्ता क्षेत्रसंग निरन्तर सहयोग जारी राख्छौं ।

२०५१ सालमा स्थापना भएको ग्लेसियर इन्टरनेसनल स्कुलले २०६६ साल देखि प्लस टू मा विज्ञान, ब्यवस्थापन र मानविकी संकायमा शिक्षा प्रदान गर्दै आएको छ। हाल, त्रिभुवन विश्वविधालय अन्तर्गतको बि।बि।यस। को कक्षा पनि चलाउँदै आएको ग्लेसियरले मोन्टेस्सोरी शिक्षालाई ब्यवस्थित र ब्यवहारिक बनाउने उदेश्यका साथ भारत स्थित हैदराबाद को आइरिस फ्लोरेट्सको फ्रान्चाइज अन्तर्गत को शिक्षा पनि प्रदान गर्दै आएको छ। निकट भबिश्यमा ब्यबस्थापनमा स्नातकोत्तर तहको कक्षाहरू पनि संचालन गर्ने हाम्रो योजना छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार