दक्षिण कोरियामा एकैदिनमा मार्च महिनापछिकै सबैभन्दा धेरै कोरोना सङ्क्रमित फेला

उज्यालो प्रतिनिधि ३२ श्रावण २०७७, आईतवार विश्व

साेल । दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकैदिनमा मार्च महिनापछिकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । अधिकारीहरूले दिएको जानकारीअनुसार गत मार्चदेखि अहिलेसम्ममा दैनिक सङ्क्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै देखिएको छ ।

उनीहरूका अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा २७९ जना नयाँ सङ्क्रमित भेटिएका छन् । योसँगै दक्षिण कोरियामा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको कुल सङ्ख्या १५ हजार ३८१ पुगेको छ । कोरियाली रोग नियन्त्रण केन्द्रले आइतबार सार्वजनिक गरेको विवरणअनुसार दक्षिण कोरियामा कोरोनाका कारण अहिलेसम्म ३०५ जनाको मृत्यु भएको छ ।

अधिकारीहरूका अनुसार गत मार्च ८ मा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै ३६७ जना सङ्क्रमित भएका थिए । कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या बढेकाले दक्षिण कोरियामा उच्च स्वास्थ्य सतर्कता अपनाइएको छ भने कतिपय प्रतिबन्धात्मक व्यवस्था लागु गरिएको छ ।
पछिल्लो समयमा भेटिएका नयाँ सङ्क्रमितमध्ये २५३ जना राजधानी सोलका मात्रै रहेको रोग नियन्त्रण केन्द्रले जनाएको छ । सङ्क्रमण फैलिन नदिनका लागि सरकारी तथा स्वास्थ्य अधिकारीहरूले चर्च, नर्सिङ् होम, विद्यालय, रेष्टुरेन्टलगायतमा विषेश ध्यान दिएका छन् ।

देशका अन्य मुख्य सहरहरू बुसान, डेगुलगायतमा पनि सङ्क्रमण फैलिएका विवरणहरू आइरहेका छन् । ती ठाउँहरूमा गत फेब्रअरी र मार्चमा कोरोनाभाइरसको सङ्क्रमणका केन्द्रविन्दुहरू भएका थिए । जहाँ दैनिक सयौँ नयाँ नयाँ सङ्क्रमितहरू भेटिने गरेका थिए । सङ्क्रमितहरूको सङ्ख्याका आधारमा दक्षिण कोरियाली सरकारले आम नागरिकका गतिविधिमा कहिले कडाइ गर्ने र कहिले खुकुलो पार्ने कार्य गरिरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार