काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबारको तुलनामा आइतबार सुनको मुल्यमा २०० रुपैयाले गिरावट आएको हो ।
शुक्रबार तोलामा ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजावी सुन तोलामा ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला २३२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।






