काठमाडौं । कर्णाली प्रदेशमा थप ५ जनामा कोरोना भाइरस(कोभिड-१९) संक्रमण देखिएको छ । यो सँगै कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या २ हजार ५७ पुगेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
नयाँ थपिएका संक्रमित मध्ये सल्यानका एकजना, जुम्लाका एकजना र दैलेखका ३ जना छन् ।
प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पतालमा गरिएको परीक्षणमा ५ जनामा कोरोना संक्रमण देखिएको हो ।
हाल्सम्म १ हजार ९०८ जना निको भइ घर फर्किएका छन ।






