ब्राजिलमा कोभिड १९ बाट सङ्क्रमित हुनेहरुको संख्या ३२ लाख नाघ्यो

उज्यालो प्रतिनिधि ३० श्रावण २०७७, शुक्रबार विश्व

एजेन्सी । ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुने मानिसको संख्या ३२ लाख नाघेको समाचारमा जनाइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको समाचारअनुसार बिहीबार रातिसम्म यहाँका ३२ लाख २४ हजार ८७६ जना नागरिक कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् ।

स्वास्थ्य अधिकारीहरुले अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ३२ लाख नाघेको र पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा ६० हजार ९१ नयाँ सङ्क्रमित फेला परेका छन् । त्यस्तै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १ लाख नाघेको जनाइएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले यहाँ यो महामारीको प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख ५ हजारभन्दा बढी देखिएको छ ।

अधिकारीहरुले पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसबाट १ हजार २६२ जनाको मृत्यु भएको बताएका छन् । ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोले बार, रेस्टुरेन्ट, ब्युटीपार्लर, सैलुनहरु खोल्ने तयारी गरिरहेको बताइएको छ । यस अवस्थामा ब्राजिलमा कोरोना भाइरसका सक्रमितको संख्या झन् बढ्न थालेको हो ।

रियो डि जेनेरियोमा भने केही बजार, पसल,बार र रेष्टुरेन्ट खुलिसकेको बताइएको छ । ब्राजिल विश्वमा कोरोना भाइरसबाट धेरै प्रभावित हुने मुलुकहरुमा पर्दछ । –एएनआई

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार