अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या ५० लाख नाघ्यो

उज्यालो प्रतिनिधि २५ श्रावण २०७७, आईतवार विश्व

एजेन्सी । अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या ५० लाख बढी पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा हालसम्म ५१ लाख ४९ हजार ७ सय २३ संक्रमित रहेका छन् भने एक लाख ६५ हजार बढीको मृत्यु भइसकेको छ ।

अमेरिकापछि ब्राजिल दोस्रो सबैभन्दा प्रभावित देश हो जहाँ संक्रमितको संख्या २० लाख १३ हजारभन्दा बढी छ । ब्राजिलमा मृतकको संख्या करिब एक लाख पुगेको छ ।

भारत तेस्रो सर्वाधिक प्रभावित देश हो ।

भारतमा हालसम्म कोभिड–१९ का कूल संक्रमितको संख्या २१ लाख पार भइसकेको छ जसमा १४ लाख २० हजारभन्दा बढीले यो रोग जित्न सफल भइसकेका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार रिकभरी रेटमा लगातार सुधार भइरहेको छ र यो अब ६८.३२ प्रतिशत रहेको छ । यस्तै कोभिडका कारण मृत्युदर २.०४ प्रतिशत छन् ।

हालसम्म करिब ४३ हजारको मृत्यु भइसकेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार