सुस्मिता स्याङ्तान : जस्लाई पहिलो गीतबाट नै गायिकाको रुपमा चिनायो (जीवनी)

२१ श्रावण २०७७, बुधबार ०९:२० मा प्रकाशित

काठमाण्डौ । सांगीतिक क्षेत्रमा परिचित गायिका हुन सुस्मिता स्याङ्तान । काभ्रेको नमोबुद्ध नगरपालिका वडा. न १ मा जन्मिएकी स्याङतानले हालसम्म तामाङ सेलो,म्हेन्दोमाया र नेपाली आधुनिक गीत गरी दर्जनौ गीत गाइसकेकी छिन । आफ्नो शुरुवाती चरणमा गायन यात्रामा लागेकै गीतबाट उनलाई गायिकाको रुपमा चिनायो । तामाङ सेलो गीत ‘धीम साङ्बारी’ बाट शुरुवाती चरणमा नै दर्शक र स्रोताको माया पाएकी उनको सांगीतिक यात्रा ४ बर्ष पूरा भएको छ ।

बाल्यकाल

गाउँमै उनको बाल्यकाल सुखमय बित्यो ।लजालु स्वभावकी उनी सबैकी प्यारी थिइन । नजिककै मथुरापाटि माध्यमिक विद्यालयमा माध्यमिक शिक्षा सम्म अध्यन गरिन । विद्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलापमा उनि सहभागीता जनाउथिन । सानैदेखी सांगीतिक क्षेत्र प्रती उनको रुचि खुब थियो । गायन प्रतियोगितामा उनी प्राय प्रथम स्थान हासिल गर्थिन ।पढाइमा पनि उनी सिपालु थिइन । “घरमा रेडियो थियो । जब इन्दिरा गोले गुरुङ र अञ्जु पन्तको गीत बज्थ्यो लेख्न र सुन्न बस्थे । म खाना छोडेर भएनी कान थापेर रेडियो नजिकै गएर गीत सुन्थे । आमा छक्क पर्नुहुन्थ्यो ।कतिपल्ट त आमाको गाली पनि खाए” उनले भनिन ।

सांगीतिक यात्रा
सुरुवाती चरणमा उनलाई सांगीतिक क्षेत्रमा आउन निकै गार्‍हो थियो । चिनजान अरु खासै सांगीतिक क्षेत्रमा कोहि थिएनन । आशा मारिसकेका उनलाई आफ्नी भाउजुले साथ दिएको बताउछिन । परिवारको सल्लाह अनुसार नै बि.स २०७३ सालमा उनले ” दिम साङबारी” पहिलोपटक गीत रेकर्ड गरेर साँगीतिक यात्रा सुरु गरिन । जस्मा गायक एंव संगीतकार प्रयास दोङको शब्द ,संगीत र स्वर रहेको छ । उनी भन्छिन ” मलाई अलिकति पनि डर लागेन । सुरुको गीत रेकर्डमा खुशीले होला सायद ,मलाई कुनै डर त्रास लागेन । खै किन हो । म आफै अचम्ममा पर्छु । सांगीतिक क्षेत्रमा लाग्ने साथीहरुले सुरुवातमा डराएको फील भएको भनेर सुनाउनु हुन्थ्यो ।”

साँगीतिक क्षेत्रमा उनलाई परिवारको राम्रो साथ थियो । पहिलो गीत बजारमा आउँदा उनी निकै खुशी थिइन । बजारमा धेरै चर्चा पनि बटुल्यो । आफुलाई स्टुडियोमा गाउँदा गीतले यतिको बजार लिन्छ भन्ने सोचेकै थिईनन । साथीभाई र परिवारको थप हौसलाले उनलाई उर्जा मिल्यो । उनी भन्छिन “मलाई यति धेरै जनाले गीत सुनेर माया र साथ दिनुहुनेछ भन्ने लागेको थिएन । धेरै खुशी लाग्यो ।”

उनको पहिलो गीत बजारमा बज्दै गरेको क क्रममा लगत्तै अर्को दोस्रो नेपाली आधुनिक गीत “छुटनै गार्‍हो हुदो रहेछ” को अफर आएपछी झनै सांगीतिक क्षेत्रमा लाग्ने उर्जा थपियो ।” उनी भन्छिन । सांगीतिक यात्रामा उनको पाइला थप अघि बढ्यो ।

अबको योजना
उनी सांगीतिक क्षेत्रमा निरन्तर लागीरहने योजनमा छि न । पछिल्लो समय तामाङ भाषाको गीत बजारमा ल्याउने तयारीमा छिन । उनले भनिन ” तामाङ सेलो र लभ प्याटनको गीतको तयारी लगभग अन्तिम चरणमा पुगेको छ । अब छिटै बजारमा ल्याउने तयारीमा छु ।”

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार