हिन्दी म्युजिक भिडियोदेखी चर्चित मोडल तथा निर्देशक सम्म हेरुका लामा

१७ श्रावण २०७७, शनिबार १६:३७ मा प्रकाशित

काठमाण्डौ । हेरुका लामा पछील्लो समय व्यस्त मोडल एंव निर्देशकको रुपमा परिचित छन । उनको कलाकारिता यात्राले करिब २ दशक छुनै लागेको छ । बिगत ४ बर्षदेखी मोडलिङ क्षेत्रमा चर्चा कमाउदै आएका लामाले करिब १ सय भन्दा बढी म्युजिक भिडियोमा निर्देशन र अभिनय गरिसकेका छन । नेपाली कलाकारीता क्षेत्रमा उनले अभिनय गरेका दर्जनौ म्युजिक भिडियो हिट छन । संघर्ष र परिश्रमले नै यो क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल मोडल तथा निर्देशक हेरुका लामाको जीवनी ।

 

बाल्यकाल र परिचय

वि.सं २०४३ साल साउन १५ गते मकवानपुर जिल्लाको पदमपोखरी गा.वि.स वडा नं ४ पान्तलेमा बुवा सुब्बा बल र आमा साइली बलको कोखबाट जन्मेका हुन हेरुका लामा । सानै देखी चन्चले र इमान्दार स्वभावका लामा बिहे ब्रतबन्ध,पार्टी आदिमा नाच्न खुब रुची राख्ने गर्दथे । उनले नजिकैको बुद्ध नि.मा.विमा निम्न माध्यमिक तहको अध्ययन पुरा गरी महेन्द्र माद्यामिक विद्यालय पदम पोखरीबाट माद्यामिक तहको अध्ययन पुरा गरेका थिए । विद्यालयले आयोजना गरेको अतिरिक्त कृयाकलापमा उनको सकृय सहभागीता रहन्थ्यो ।

कलाकारिता यात्रा र संघर्ष

नृत्य निर्देशक बन्ने लक्ष्यले विं.सं २०५९ सालमा काठमाण्डौ प्रवेश गरे । सुरुमा उनी गाउँको चिनजानको दाइको इलेक्ट्रोनिक पसलमा काम गर्दै काठमाण्डौको बागबजारस्थित सरस्वती कला केन्द्रमा नृत्य सिक्न थाले । ” इलेक्ट्रोनिक पसलमा काम गरेर आएको पैसा डान्स फी तिर्न पुग्थ्यो । तर मन हारिँन । धेरै जनाले आशा मात्रै नि देखाए । बिस्तारै कला केन्द्रबाट कोरस डान्सरको चान्स आयो । काम नि सिक्दै गएँ । बिस्तारै सोही कला केन्द्रमा नृत्य सिकाउन सुरु गरे ।” उनले भने ।

अहिलेसम्ममा उनले २ हजार भन्दा बढी म्युजिक भिडियो र फिल्ममा कोरस डान्सरको रुपमा काम गरीसकेका छन । कला केन्द्रमा उनले नृत्य संगै फिल्मी द्धन्द पनि सिक्न थाले । द्धन्द निर्देशक कुमार एण्ड कुमारले उनलाई मुख्य सहायक द्धन्द निर्देशकको रुपमा काम गर्ने अवसर दिए का थिए ।

वि. स २०६८ सालमा कामकै सिलसिलामा उनी भारतस्थित गोवाको प्राइड क्यासिनोमा कोरियोग्राफअरको रुपमा काम गर्न थाले । “म लगभग ५ बर्ष काम गरे । भारतमा हुँदा नै मेरो कोरियोग्राफी र अभिनय रहेको चेस प्रोमोशन म्युजिक भिडियोमा काम गर्ने अवसर पाए । वि.सं २०७२ सालमा काठमाण्डौ आए । त्यसपछी नेपाल आएर राम चन्द्र काफ्ले र सुनिता गुरुङको लोकदोहोरी गीत ‘पानी पानी’ मा अभिनय गरे ।” उनले भने ।

उनले अभिनय गरेको पहिलो नेपाली म्युजिक भिडियोले नै चर्चा पायो । उनले कौरा, सालैजो, मारुनी, लोकदोहोरी, पप,आधुनिक, तामाङ सेलो लगायत सबै विधाको १ सय भन्दा बढी गीतको म्युजिक भिडियोमा अभिनय,निर्देशन र कोरियोग्राफरको रुपमा काम गरेका छन ।

 

चर्चा बटुलेका अभिनित गीत
सबै विधाका काम गरे पनि उनको फोकस मोडलिङ क्षेत्रमा नै रहेको छ । मोडलिङ क्षेत्रमा उनले चर्चा बटुलेका अभिनित गीतहरुमा ‘पानी पानी’ , मज्जा बेग्लै छ, ज्यानै दिन्छु, बिहे नगरि भाछैन,भट्टिको मिठो, ल्होछार मेला, बैशालु जोबन, गलैचा गुन्द्री, माकुरीले जाल बुने लगायत दर्जनौ गीत रहेका छन ।

अवार्ड तथा सम्मान
उनले नेशनल पावर न्युज म्युजिक अवार्ड- २०१९ मा ‘ज्यानै दिन्छु’ बोलको गीतबाट सर्वोत्कृष्ट पप मोडलको अवार्ड साथै विभिन्न सम्मान प्राप्त गरेका छन ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार