धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ४३७ पुगेको छ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ७१ जनाको कोरोना परीक्षण भएकोमा धनगढी उप–महानगरपालिकाका १६ जना सहित सुदूरपश्चिमका थप २६ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
धनगढी उप–महानगरपालिकाका ८ महिला र ८ पुरुषमा संक्रमण पुष्टि भएको छ भने कैलालीको टीकापुर एक महिला र ६ पुरुष गरी सात जना, बझाङको मष्टा–१ का २० बर्षीय पुरुष, छव्विसपाथिभेरा गाउँपालिका वडा नम्वर ७ का ४२ बर्षीय पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १७ का २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।






