काठमाडौं । विश्वभर १ करोड ७४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरस(कोभिड-१९) को संक्रमण देखिएको छ ।
वल्डोमिटर्सकाअनुसार एकै दिन २ लाख ८० हजार ३१८ जनामा संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ७४ लाख ५६ हजार ४७५ पुगेको छ ।
निको हुने संक्रमितको संख्या १ करोड ९ लाख २७ हजार १६० छ ।
पछिल्लो २४ घण्टामा ६ हजार २२१ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।
योसँगै मृत्यु हुनेको संख्या ६ लाख ७५ हजार ७६२ पुगेको छ ।






