काठमाडौं । ब्राजिलमा एकै दिन ५८ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
योसँगै ब्राजिलमा संक्रमितको संख्या २६ लाख १३ हजार ७८९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार १८९ जनाको मृत्यु भएको छ ।
योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९१ हजार नाघेको छ ।
९१ हजार ३७७ जनाको मृत्यु भएको छ ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा १८ लाख २४ हजार ९५ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ९८ हजार ३१७ जनाको उपचार भइरहेको छ ।






