काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणले एकै दिन १२ सय ४५ जनाको मृत्यु भएको छ ।
वल्डोमिटर्सकाअनुसार पछिल्लो २४ घण्टामा थप ६४ हजार ७२९ जना संक्रमित भएका छन् ।
अमेरिकामा हालसम्म मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ३२० पुगेको छ ।
कुल संक्रमित संख्या ४४ लाख ९८ हजार ३४३ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म २१ लाख ८५ हजार ८९४ जना संक्रमणमुक्त भएका छन् ।
उपचार गराइरहेका २१ लाख ६० हजार १२९ जनामध्ये १८ हजार ९९२ जनाको अवस्था गम्भीर रहेको छ ।






