नयाँ दिल्ली । भारतमा एकैदिन ४६ हजार ४८४ जनामा संक्रमण पुष्टि भएको छ ।
वर्ल्डोमिटर्सका अनुसार यसअघि आइतबार, शनिबार र शुक्रबार लगातार ४८ हजारभन्दा बढी संक्रमित भेटिएका थिए ।
भारतमा कुल संक्रमित संख्या १४ लाख ८२ हजार ५०३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९ लाख ५३ हजार १८९ संक्रमणमुक्त भएका छन् भने ४ लाख ९५ हजार ८६६ जनाको उपचार भइरहेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ६३६ जनाको मृत्यु भएपछि मंगलबार बिहानसम्म ज्यान गुमाउनेको ३३ हजार ४४८ पुगेको जनाएको छ ।






