काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउ ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
गत शुक्रबार सुनको भाउ एकैदिन १ हजार ३ सय रुपैयाँले बढेर ९५ हजार ८ सयमा कारोबार भएको थियो। तेजाबी सुनको भाउ आज पनि तोलाको ९५ हजार ८ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
तेजाबी सुन शुक्रबार ९५ हजार ३ सय ६५ मा किनबेच भएको थियो। चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी गत शुक्रबार ५ रुपैयाँले बढेर १ हजार १ सय ५५ रुपैयाँ पुगेकोमा आइतबार पनि सोही मूल्य छ।






