काठमाडौं । अमेरिकामा एकै ६७ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा एकै दिन ६७ हजार ४१३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ४३ लाख १५ हजार ७०९ पुगेको छ।
यस्तै एकै दिन ९०८ जनाको मृत्यु भएपछि अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४९ हजार ३९८ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म २० लाख ६१ हजार ६९२ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २१ लाख ४ हजार ६१९ जनामध्ये १८ हजार ९८४ जनाको अवस्था गम्भीर रहेको छ ।






