काठमाडौं । रूसमा कोरोना संक्रमणका कारण १३ हजारभन्दा बढीको मृत्यु भएको छ ।
वल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा १४६ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १३ हजार १९२ पुगेको छ।
एकै दिन ५ हजार ८७१ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ८ लाख ६ हजार ७२० पुगेको छ ।
१ लाख ९६ हजार ३८८ जनाको उपचार भइरहेको छ भने ५ लाख ९७ हजार १४० जना संक्रमणमुक्त भएको छ।
Facebook Comments Box






