फ्रान्सका विदेशमन्त्री लेबनानको दुई दिने भ्रमणमा,आर्थिक संकट छलफलको मुख्य एजेन्डा

उज्यालो प्रतिनिधि ८ श्रावण २०७७, बिहीबार विश्व

बेरुत । फ्रान्सका विदेशमन्त्री जाँ–येभ्स ली ड्रायन संकटग्रस्त मुलुक लेबनानको दुई दिने भ्रमणका लागि बिहीबार बेरुत पुग्नु भएको छ । विदेशमन्त्री ड्रायनले लेबनानका राष्ट्रपति मिसेल आउन सहित प्रधानमन्त्री हस्सन डायब र सभामुख नबिह बेरी समेतका उच्चपदस्थ व्यक्तिसँग द्विपक्षीय विषयमा छलफल गर्नु हुनेछ ।

फ्रान्सेली दूतावासले जारी गरेको वक्तव्यमा लेबनानका समकक्षी नस्सिफ हिट्टीसँग भेटवार्ता गरिसकेपछि संयुक्त वक्तव्य जारी गरिने उल्लेख छ । लेबनानमा दशकौंपछि पहिलो पटक अत्यन्त गहिरो आर्थिक संकट उत्पन्न हुनुका साथै लेबनानी मुद्राको व्यापक अबमूल्यन भएको छ । मुद्रास्फितीको अवस्था सिर्जना भएसँगै लेबनानका आधाभन्दा बढी मानिस गरिबीको स्थितिमा पुगेका छन् ।

मुलुकको अर्थतन्त्रमा व्यापक मन्दी छाएपछि गत अक्टोबरदेखि नै सरकार विरोधी प्रदर्शन जारी छन् । प्रदर्शनकारीले लेबनान सरकार अक्षम र भ्रष्ट रहेको आरोप लगाएका छन् । यहाँ हजारौं व्यक्तिले रोजगारी गुमाइसकेका छन् । गत मार्चमा पहिलो पटक संकटग्रस्त घोषणा गरिएको लेबनानले दुई महिना पहिले अन्तर्राष्ट्रिय मुद्राकोषसँग अर्बौं डलरको आर्थिक सहायताका लागि वार्ता शुरु गरेको थियो, तर अहिले उक्त मध्यस्थता वार्ता रोकिएको छ ।

यसै महिनाको शुरुमा फ्रान्सेली विदेशमन्त्री ड्रायनले विदेशी आर्थिक सहायता प्राप्त गर्नुअघि गर्नुपर्ने सुधारका कार्यहरुमा लेबनानले प्रतिबद्धता कमजोर रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो । लेबनान सरकारले आफूलाई २० अर्ब डलरभन्दा बढी विदेशी आर्थिक सहायता जरुरी रहेको बताउँदै आएको छ । उक्त रकममध्ये सन् २०१८ मा सम्पन्न पेरिस बैठकमा व्यक्त ११ अर्ब डलरको आर्थिक सहायता समेत रहेको छ, तर लेबनानले सुधारका कार्यहरुमा प्रगति गर्न नसकेपछि प्रतिबद्धता त्यत्तिकै थन्किएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार