काठमाडौं । अमेरिकामा एकै दिन ६२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
वल्डोमिटर्सका अनुसार एकैदिन ६२ हजार ६५५ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमितको संख्या ३९ लाख ६१ हजार २०५ पुगेको छ ।
यस्तै एकै दिन ५३७ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४३ हजार ८२६ पुगेको हो ।
संक्रमितमध्ये अहिलेसम्म १८ लाख ४९ हजार ४७९ जना संक्रमणमुक्त भएका छन् ।
उपचार गराइरहेका १९ लाख ६७ हजार ९०० जनामध्ये १६ हजार ६१८ जनाको अवस्था गम्भीर रहेको छ ।






