काठमाडौं । भारतमा एकैदिन ३६ हजार ८१० जनामा कोरोना संक्रमण देखिएका छन ।
लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा यसअघि सोमबार एकै दिन अहिलेसम्मकै सर्वाधिक ४० हजार २४३ जनामा संक्रमण देखिएको थियो ।
हालसम्म भारतमा ११ लाख ५४ हजार ९१७ जना संक्रमित भएका छन् ।
यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो ।
संक्रमितमध्ये अहिलेसम्म ७ लाख २४ हजार ७०२ जना संक्रमणमुक्त भएका छन् भने ४ लाख २ हजार ११६ जनाको उपचार भइरहेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ५९६ जनाको मृत्यु भएपछि मंगलबार बिहानसम्म ज्यान गुमाउनेको २८ हजार ९९ पुगेको छ ।






