३९ अर्ब विदेशी लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति लगानी

उज्यालो प्रतिनिधि ५ श्रावण २०७७, सोमबार अर्थ

काठमाडौँ । उद्योग क्षेत्रमा गत आर्थिक वर्ष २०७६/०७७ का लागि रु ३९ अर्ब विदेशी लगानी प्रतिबद्धता आएको छ ।

दुई सय २६ उद्योगमा रु ३८ अर्ब ६५ करोड विदेशी लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । विभागको तथ्याङ्कअनुसार कूल लगानीमध्ये सबैभन्दा धेरै चीन सरकारबाट आएको छ ।

चीनबाट १७४ उद्योगमा रु २५ अर्ब ५७ करोड प्रतिबद्धता आएको विभागका प्रवक्ता विनोदकुमार खड्काले जानकारी दिए । उनका अनुसार चीनपछि भारतबाट १६ उद्योगमा रु तीन अर्ब ५७ करोड लगानी प्रतिबद्धता आएको छ ।

दुई सय २६ उद्योगका लागि विभिन्न १७ देशबाट लगानी प्रतिबद्धता आएको जनाइएको छ । विभागका प्रवक्ता खड्काका अनुसार उद्योगको सङ्ख्यामा कमी आएता पनि लगानीमा वृद्धि भएको छ ।

कुन क्षेत्रमा कति लगानी

विभागमा प्रतिबद्धता आएका उद्योगमध्ये सबैभन्दा धेरै लगानी सेवामूलक क्षेत्रमा आएता पनि पर्यटन क्षेत्रमा धेरै उद्योग रहेका खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सेवामूलक क्षेत्रमा ७३ उद्योगका लागि रु एघार अर्ब ३५ करोड, पर्यटन क्षेत्रमा ८१ उद्योगका लागि रु दश अर्ब ९६ करोड ६९ लाख, सूचना प्रविधि क्षेत्रमा ३७ उद्योगका लागि रु ७० अर्ब ८१ करोड प्रतिबद्धता आएको छ ।

यसैगरी उत्पादनमूलक क्षेत्रका २३ उद्योगमा रु दुई अर्ब ७६ करोड, ऊर्जा क्षेत्रका आठ उद्योगमा रु छ अर्ब तीन करोड, कृषि तथा वनजन्य क्षेत्रमा चार उद्योगका लागि रु ४४ करोड ७४ लाख बराबरको लगानी प्रतिवद्धता आएको छ ।

दुई सय ७७ स्वदेशी उद्योग दर्ता

गत आवमा विभागमा २७७ स्वदेशी उद्योग दर्ता भएका छन् । विभागको तथ्याङ्कअनुसार उक्त उद्योगमा रु एक खर्ब ५२ अर्ब ६२ करोड ५२ लाख कूल पूँजी रहने गरी उद्योग दर्ता भएका छन् ।

स्वदेशी उद्योगमा सबैभन्दा धेरै ऊर्जा क्षेत्रका चार उद्योगमा रु एक खर्ब लगानी भएको खड्काले जानकारी दिए । उनका अनुसार ऊर्जामा लगानी धेरै रहेता पनि पर्यटन उद्योगको सङ्ख्या धेरै रहेको छ ।

पर्यटन उद्योगमा ९१ उद्योगका लागि रु २० अर्ब ५२ करोड, उत्पादनमूलक क्षेत्रका ६९ उद्योगमा रु १९ अर्ब ४६ करोड लगानी आएको छ । विभागमा विदेशी लगानीमा रहका उद्योगले ११ हजार २११ जनालाई र स्वदेशी उद्योगले १७ हजार ३८८ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् । रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार