साउदी अरबका राजा सलमान अस्पताल भर्ना

उज्यालो प्रतिनिधि ५ श्रावण २०७७, सोमबार विश्व

दुबई । साउदी अरबका राजा सलमान स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएका छन् ।

उनलाई राजधानी रियादस्थित किङ्ग फैसल विशेषज्ञ अस्पताल भर्ना गरिएको साउदी दरबारले सोमबार जनाएको छ ।

दरबारले जारी गरेको वक्तव्यका आधारमा साउदी प्रेस एजेन्सीद्वारा सम्प्रेषित समाचार अनुसार ८४ बर्षीय राजालाई पित्तासय सुनिएकोले परीक्षणका लागि अस्पताल भर्ना गरिएको उल्लेख गरिएको छ ।

कोरोनाको त्रासका कारण साउदी राजा सलमान केही समयदेखि सार्वजनिक भएका थिएनन् ।

उनी सन् २०१५ को जनवरीदेखि राज्यशक्तिमा हुन् । उनी आफ्नो पुस्ताको अन्तिम राजा हुन् ।

राजा सलमानको ३४ बर्षीय छोरा राजकुमार मोहम्मद बिन सलमान हुन् । उनलाई नै भावी राजा मानिएको छ । उनमा राम्रो नेतृत्व क्षमता रहेको छ । राजा सलमानकै सहयोग र समर्थनमा उनलाई हालै मात्र राजधानीमा सारिएको छ । एपी

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार