नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

उज्यालो प्रतिनिधि ५ श्रावण २०७७, सोमबार अर्थ

काठमाडौँ । धितोपत्र बजारमा आइतबार उच्च अङ्कको वृद्धि देखिएको नेप्से परिसूचक आज भने दोहोरो अङ्कले घटेको छ । कारोबार शुरु भएको एक मिनेट पनि नबित्दै नेप्से चार प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।

पहिलो सर्किट लागेको २० मिनेटपछि खुलेको बजारमा दोस्रो पटक पनि सर्किट ब्रेक लागेको थियो । शुरुआती समयमा उच्च वृद्धि देखिए पनि अन्त्यसम्म नेप्सेको वृद्धि टिक्न सकेन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १४.०९ अङ्कले घटेर एक हजार ४६४.९४ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.८४ अङ्कले घटेर ३०९.६० मा झरेको छ । आज कूल १८१ कम्पनीका ७० लाख एक हजार २५८ कित्ता शेयर रु दुई अर्ब ८० करोड २२ लाख ३३ हजार ७१५ मा खरिदविक्री भए । कारोवार भएका कूल १२ मध्ये चार उपसमूहको शेयर मात्र बढेको छ भने आठ उपसमूहको शेयर घटेको छ ।

बैंकिङ ३.१४, विकास बैंक १६.९३, वित्त १.१५ र सामूहिक लगानी कोष ०.०१ ले बढ्दा व्यापार ३७.८५, होटल ६६.११, जलविद्युत् १२.४५, निर्जीवन बीमा ४१.५५, उत्पादन १२७.४३, अन्य २२.०९, लघुवित्त ८७.३९, र जीवन बीमा १८८.६५ अङ्कले घटेको छ ।

कारोवार रकमका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु २० करोड १४ लाख ९९ हजार ५१६ मा खरिदविक्री भयो । यस्तै नेपाल पुनर्बीमा कम्पनी रु १७ करोड ६३ लाख ८२ हजार ७९९, एनआईसी एशिया बैंक रु १७ करोड ४८ लाख ७३ हजार ३०५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १५ करोड ५५ लाख ८१ हजार १९५ र नबिल बैंक शेयर रु १० करोड ४३ लाख ३३ हजार ८३५ मा खरिदविक्री भयो ।

आज सबैभन्दा बढी युनाइटेड फाइनान्सका लगानीकर्ताले ९.९४ प्रतिशतले कमाए । यस्तै एनआईसी एशिया लघुवित्त वित्तीय संस्था ९.९०, स्पर्श लघुवित्त वित्तीय संस्था ९.८०, हिमालयन ऊर्जा विकास कम्पनी ८.८९, राष्ट्रिय बीमा कम्पनी (संस्थापक) ८.७१, आईसीएफसी फाइनान्स ६.१८, गुर्खाज फाइनान्स र कालिका पावर कम्पनीका शेयरधनीले समान ५.८३÷५.८३ प्रतिशतले कमाए ।

यस्तै सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९८ प्रतिशतले गुमाए । यस्तै मञ्जुश्री फाइनान्स ९.७६, शिवम् सिमेन्ट लिमिटेड ८.८९, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स ८.६७, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था ७.५५ र नेडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.१७ प्रतिशतले गुमाए । रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार