तीन करोड ४५ लाख ब्याज मिनाह

उज्यालो प्रतिनिधि ३ श्रावण २०७७, शनिबार अर्थ

झापा । झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु तीन करोड ४५ लाख ब्याज मिनाह गरेको छ ।

संस्थाले बन्दाबन्दीको अवधि २०७६ चैतदेखि २०७७ साउन सम्मको चार महिनाको अवधिको ऋणको ब्याजमा १० प्रतिशत अर्थात् रु तीन करोड ४५ लाख मिनाह गरेको संस्थाका सचिव महेन्द्रकुमार गिरीले जानकारी दिए ।

‘यो अवधिमा ऋण कुनैमा पनि हर्जना, जरिवाना लिएका छैनौँ’, उनले भने, ‘ऋणको किस्तासमेत स्वेच्छिक तिर्न सक्ने व्यवस्था गरिएको छ ।’

संस्थाले बन्दाबन्दीको अवधिमा सदस्य तथा समुदायलाई थोरै भए पनि मद्दत पुगोस् भनेर स्वास्थ्य चेतना, खाद्यान्न सामग्री राहत, विपत् सापटी र आत्मनिर्भरताका लागि कृषि प्याकेज उपलब्ध गराएको जनाइएको छ ।रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार