काठमाडौँ । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड -१९) का कारण ब्राजिलमा हालसम्म ७५ हजार ५२३ जनाको मृत्यु भएको छ । एकैदिन १ हजार २६१ जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् । त्यस्तै संक्रमितको संख्या १९ लाख ७० हजार नाघेको छ ।
बुधबारमात्रै ३२ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।
त्यस्तै १२ लाख ५५ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।
८ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।






