काठमाडौं । सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको भाउ तोलाको ९२ हजार ८ सय पुगेको छ । मंगलबारको तुलनामा बुधबार (आज) एकैदिन तोलामा ६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुन तोलाको ९२ हजार ८ सय तोकेको छ । मंगलबार तोलाको ९२ हजार २ सयमा कारोबार भएको थियो ।
यो मूल्या अहिलेसम्मकै उच्च हाे । यसअघि गत बिहीबार सुन प्रतितोला ९२ हजार ४ सय पुगेको थियाे ।
यस्तै तेजावी सुनको भाउ पनि तोलाको ९२ हजार ३ सय ६० पुगेको छ । मंगलबार तोलाको ९१ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी चाँदीको भाउ पनि तोलाको एक हजार नाघेको छ ।
महासंघले आज (बुधबार) का लागि चाँदीको भाउ तोलाको १ हजार ५ रुपैयाँ कायम गरेको छ । मंगलबार तोलाको ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।






