एजेन्सी । पर्यटनलाई मध्य नजर गर्दै युकेले विश्वका ६० मुलुकका नागरिकलाई प्रवेश अनुमति जारी गरको छ । ती मुलुकका नागरिकले विना क्वारेन्टिन बसी युकेमा यात्रा गर्न पाउने छन् ।
युके सरकारले जारी गरेको बयानमा भनिएका छन् कि ‘यो सुबिधा केवल त्यो मुलुकहरुको लागि हो जहाँ कोरोना कम खतरा छन् ।’
ती मुलुकको नाम सार्वजनिक गरिएको छन् । जसमा जर्मनी, स्पेन, फ्रान्स, इटली, अस्ट्रेलिया, र न्यूजील्याण्ड प्रमुख छन् । एसिया महादेशबाट जापान, ताइवान, हङकङ, भियतनाम, क्यारेबियन, मोरीशस र सेशेल्स प्रमुख रहेको छन् ।
यी राष्ट्रहरुलाई कम खतरा भएको बताएको छन् । अब यी देशका नागरिकालाई युके प्रवेश अनुमति पाउनुका साथै क्वारेन्टिन बस्नु पदैन ।
युकेमा ४४ हजार मानिसले ज्यान गुमाएका छन् । कुल २ लाख ८६ हजार संक्रमित रहेको छन् ।






