कोरोना महामारीको सबैभन्दा खराब स्वरुप देखिन बाँकी नै छ : डब्ल्यूएचओ

उज्यालो प्रतिनिधि १६ असार २०७७, मंगलवार विश्व

बीबीसी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना महामारीको सबैभन्दा खराब स्वरुप देखिन बाँकी नै भएको मान्यता राखेको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहम गेब्रियाससले यदि संसारभरीका सरकारले सही नीतिको पालना नगरेको खण्डमा भाइरसले थप व्यक्तिलाई संक्रमित गर्न सक्ने धारणा व्यक्त गरेका छन् ।

सोमबार एक भचुअल ब्रिफिङमा टेड्रोसले भने, ‘हामी सबै यो चाँडै नै उन्मुलन होस् भन्ने चाहन्छौं । हामी सबै आफ्नो दैनिक काम कारवाहीमा फिर्ता हुन चाहन्छौं तर तितो सत्य यो हो कि हामी अहिले पनि यो महामारी उन्मुलन हुने यात्रामा निकै टाढा छौं ।’

‘यद्यपि, केही देशले प्रगति गरेका छन् तर विश्वव्यापी स्तरमा महामारी फैलने गती तीब्र भइरहेको छ । संसारभरी १ करोड संक्रमित र पाँच लाख व्यक्तिको मृत्युपछि पनि विश्व स्वास्थ्य संगठनले भाइरस फैलन पहिचान गरेका समस्या जस्तै राष्ट्रिय एकतामा कमी, विश्वव्यापी एकजुटतामा कमी, विभाजित देशलगायतलाई सुल्झाउन नसकेको खण्डमा खराब समय त अझै आउनै बाँकी छ ।’

टेड्रोसले सरकारलाई जर्मनी, दक्षिण कोरिया र जापानले अपनाएको बाटोमा हिँड्न आग्रह गरेका छन् । यी देशले लगातार ट्रेसिङ र टेस्टिङको नीति अपनाएको छ ।

संसारभरी कोरोनाभाइरस संक्रमितको संख्या १ करोड पार भएको छ ।

कोरोना संक्रमणका कारण अहिलेसम्म पाँच लाखको मृत्यु भइसकेको छ ।

थुप्रै देशमा त स्वास्थ्य व्यवस्था पूर्ण रुपमा धरासयी भइसकेको छ । यो महामारीका कारण विश्वव्यापी अर्थव्यवस्था नराम्रो अवस्थाबाट गुज्रिरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार