तनहुँका स्थानीय तहको बजेट ७ अर्ब

उज्यालो प्रतिनिधि १२ असार २०७७, शुक्रबार अर्थ

तनहुँ जिल्लाका दश स्थानीय तहले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि करीब रु सात अर्बको बजेट सार्वजनिक गरेका छन् । चार नगरपालिका र छ गाउँपालिकाले रु छ अर्ब ९२ करोड ५२ लाख ८७ हजार दुई सय ४० को अनुमानित बजेट सार्वजनिक गरेका हुन् ।

व्यास नगरपालिकाले रु एक अर्ब ५२ करोड ९७ लाख ५१ हजार, शुक्लागण्डकी नगरपालिकाले रु एक अर्ब सात करोड सात लाख ३७ हजार, भानु नगरपालिकाले रु ७८ करोड ९१ लाख १२ हजार, भिमाद नगरपालिकाले रु ५६ करोड ५३ लाख सात हजार, ऋषिङ गाउँपालिकाले रु ५९ करोड ९७ लाख २० हजार दुई सय ४०, बन्दीपुर गाउँपालिकाले रु ५८ करोड ३२ लाख ७१ हजार, आँबुखैरेनी गाउँपालिकाले रु ५७ करोड ३९ लाख सात हजार, म्याग्दे गाउँपालिकाले रु ४७ करोड ४२ लाख २४ हजार, देवघाट गाउँपालिकाले रु ४० करोड ७५ लाख ५८ हजार र घिरिङ गाउँपालिकाले रु ३३ करोड १७ लाखको बजेट सार्वजनिक गरेको हो ।

शुक्लागण्डकी नगरपालिकाले बाँझो जमीनलाई उत्पादनमूलक बनाउने नीति लिएको छ । नगर क्षेत्रभित्र बाँझो रहेका जमीनलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गरी कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न कार्यक्रम ल्याइएको उपप्रमुख सविता रसाइलीले जानकारी दिइन् ।

नगरपालिकाको आफ्नै भूउपयोग नीति बनाइने र कृषिको व्यावसायिकीकरण र विविधीकरणमा जोड दिने योजना बनाइएको जानकारी दिइन् । “वैदेशिक रोजगारबाट फर्किएका बेरोजगार युवालाई उनीहरुको सीप, योग्यता, अनुभव र क्षमताको आधारमा युवा लक्षित कार्यक्रम सञ्चालन गरिनेछ”, उनले भनिन् ।

विगतका वर्षमा निर्धारण गरिएको कृषि उपज पकेट क्षेत्र र एक वडाः एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिई थप पकेट क्षेत्रको पहिचान गरिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । नगरक्षेत्रभित्र बाँझो रहेका जग्गाको पहिचान गरी कृषकलाई त्यस्ता जग्गामा खेती गर्न प्रोत्साहित गरिने र पर्याप्त बजेटको व्यवस्था गरिने उनले जानकारी दिइन्।

जिल्लाका स्थानीय तहले कृषि, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास लगायतलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेका छन् ।रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार