कर्णालीमा थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार ४०७ पुग्यो

उज्यालो प्रतिनिधि १२ असार २०७७, शुक्रबार कर्णाली प्रदेश

सुर्खेत। बिहीबार कर्णालीमा थप ७२ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ४०७ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले पुष्टि गरेको छ ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआरमा १८ दैलेख, १२ सुर्खेत, तीन कालीकोट, जुम्ला र सल्यानमा एक÷एक गरी ३६ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएका हो ।

इलाम, धादिङ, कास्की, लमजुङ, बाँके, बैतडी, कैलाली, दार्चुलामा एक÷एक र बझाङमा दुई गरी १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरमा बाजुराका चार, बाँके र ताप्लेजुङका तीनरतीन, गोरखा, रामेछाप र ओखलढुङ्गामा दुईदुई, कञ्चनपुर, बैतडी, दैलेख, दाङ, गुल्मी, पाल्पा, लमजुङ, धादिङ, काठमाडौँ, खोटाङ र इलाममा एकएक गरी २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको महाशाखा प्रमुख डा तिवारीले बताए।

त्यसैगरी, भारतको अहमदावादबाट फर्केर जेठ ११ गतेदेखि दुल्लु क्वारेन्टिन बसी जेठ २५ गते आरडिटी नेगेटिभ आएर घर फर्केको १६ दिनपछि असार ९ गते बेलुका आत्महत्या गरेका दुल्लु नगरपालिका १० गमौडीका २१ वर्षीय युवकको असार १० शव दैलेख अस्पतालमा परीक्षणका साथै स्वाब सङ्कलन गरेर प्रदेश अस्पताल सुर्खेतमा परीक्षण गर्दा पोजेटिम देखिएको महाशाखाले जनाएको छ । युवकसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार