नयाँ दिल्ली । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण भारतमा एकै दिन ४२४ जनाभन्दा बढीको मृत्यु भएको छ । योसँगै भारतमा १४ हजार ९०७ जनाभन्दा बढीको मृत्यु भएको छ ।
त्यस्तै संक्रमित थपिने संख्या पनि उत्तिकै डरलाग्दो हुँदै गएको अधिकारीहरुले जनाएका छन् ।
पछिल्लो रिपोर्ट अनुसार बुधबारमात्रै १६ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।
भारतमा हालसम्म ४ लाख ७२ हजारभन्दा बढी संक्रमित रहेका छन् ।
त्यस्तै २ लाख ७१ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।
झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।






