सुनको मूल्य तोलामा ९१ हजार १०० पुग्यो

उज्यालो प्रतिनिधि १० असार २०७७, बुधबार अर्थ

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा रु ५०० ले बढेर तोलामा ९१ हजार १०० रुपैंयाँमा कारोबार भएको हो ।

यो मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । यसअघि गत सोमबार सुन तोलामा ९१ हजार पुगेको थियो । तर त्यसको भोलिपल्ट अर्थात मंगलबार घटेर ९० हजार ६०० रुपैयाँमा कारोबार भएपनि बुधबार फेरि बढ्न पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।

यसैगरी बुधबार तेजावी सुन तोलामा ९० हजार ६६५ रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदी बुधबार तोलामा ९४५ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ। मंगलबार चाँदी तोलामा ९४० रुपैयाँमा कारोबार भएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार