बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १ लाख ५ हजार नाघ्यो

उज्यालो प्रतिनिधि ५ असार २०७७, शुक्रबार विश्व

एजेन्सी । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)बाट बङ्गलादेशमा विगत २४ घण्टामा तीन हजार २४३ जना संक्रमित थपिएका छन ।

स्वास्थ्य मन्त्रालय स्रोतले शुक्रबार जानकारी दिएको अनुसार बङ्गलादेशमा अघिल्लो दिन कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन हजार ८०३ रहेको थियो ।

‘पछिल्लो तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक लाख पाँच हजार ५३५ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या एक हजार ३८८ पुगेको छ’ स्वास्थ्य मन्त्रालयका उच्च नसिमा सुल्तनाले बताए । ‘विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन हजार २४३ पुगेको छ भने ३२ पुरूष र १३ महिला गरी सङ्क्रमितको मृत्यु भएको छ’ उनले भने ।

बङ्गलादेशमा विगत २४ घण्टामा देशभर कूल १५ हजार ४५ व्यक्तिको कोभिड–१९ सङ्क्रमण परीक्षण गरिएको थियो । यो समयमा दुई हजार ७४१ जना निको भई घर फर्किएसँगै अहिलेसम्म निको हुनेको सङ्ख्या ४२ हजार ९४५ पुगेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार