एजेन्सी । अमेरिकाकाका लागि जासूसी गर्ने तथा इरानी सैन्य कमाण्डर सुलेमानीको हत्या गर्न अमेरिकालाई सूचना दिने एक इरानीलाई मृत्युदण्ड दिइने भएको छ । इरानक न्यायिक प्रवक्ता घोलामहोस्सेनी इस्माइलीले उक्त जानकारी दिएका हुन् ।
मोहम्मद मौसाभी–मजिद नाम गरेका ती इरानीले अमेरिकी जासूसी संस्था सीआइए र इरानी जासुसी संस्था मोसादका लागि जासुसी गरेको आरोप लगाइएको छ ।
इरानका अनुसार, अमेरिकाद्वारा हत्या गरिएका इस्लामी रिभोल्युसनी गार्ड कर्प्स (आइआरजीसी)का कमाण्डर कासिम सुलेमानी कहाँ छन् भन्नेबारे अमेरिकी र इजरायली जासुसी संस्थाहरुलाई सूचना उपलब्ध गराएका थिए ।
गत जनवरी ३ मा इराकको राजधानी बगदादमा अमेरिकाले ड्रोन हमलामा सुलेमानीका हत्या गरेका थिए । अमेरिकाले हत्यालाई जायज ठहराउन उनीमाथि इरानसमर्थित विद्राहीहरुमार्फत् अमेरिकी सेनामाथि आक्रमण गर्ने योजना बनाएको आरोप लगाएको थियो ।
‘सीआइए र मोसादका जासुस मोहम्मद मौसाभी–मजिदलाई मृत्युदण्डको सजाय गरिएको छ । उनले शहीद सुलेमानी कहाँ छन् भनेर हाम्रा शत्रुहरुलाई जानकारी दिए,’ न्यायिक प्रवक्ता घोलामहुस्सेनीले मंगलबार टेलिभिजनबाट प्रशारण गरिएको एक पत्रकार सम्मेलनमा जानकारी दिए ।
तर उनले मजिदलाई कहिले मृत्युदण्ड दिइनेछ भनेर चाहिँ बताएनन् । यसअघि नै इरानले अमेरिकाका लागि जासुसी गर्ने १७ जनालाई पक्राउ गरिएको जानकारी दिइसकेको छ ।






