थप १६ जनामा कोरोना पुष्टि भएसँगै कर्णालीमा संक्रमितको संख्या ६५७ पुग्यो

काठमाडौं । कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६५७ पुगेको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमतिहरु दैलेखका १० जना, सल्यानका ५ जना र सुर्खेतका एकजना छन् ।

 

यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाशबहादुर थापाका अनुसार अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ थपिएका संक्रमितहरुमध्ये बर्दियाका १८ जना र बाँकेका एकजना रहेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार