ट्रम्पकै लाइनमा ब्राजिलका राष्ट्रपति बोल्सोनारो, डब्लूएचओबाट बाहिरिने चेतावनी

उज्यालो प्रतिनिधि २५ जेष्ठ २०७७, आईतवार विश्व

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसको संक्रमणको गति रोक्नुभन्दा अघि लकडाउनलाई नखोल्न सरकारहरुलाई चेतावनी दिएपछि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले संगठनबाट बाहिरिने चेतावनी दिएका छन् ।

‘अमेरिकाले डब्लूएचओ छाडेको बारेमा हामी अध्ययन गर्दै छौँ । र, भविष्यमा डब्लूएचओले सैद्धान्तिक पक्षपात बिना काम गर्नुपर्छ नत्र हामी पनि बाहिरिने छौँ,’ शुक्रबार राष्ट्रपति कार्यालयबाहिर पत्रकारहरुसँगको कुराकानीमा बोल्सोनारोले भने ।

बोल्सोनारोका सैद्धान्तिक मित्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता डब्लूएचओलाई चीनको कठपुतली बनेको आरोप लगाउँदै संगठनसँगको सम्बन्ध अन्त्य गर्ने घोषणा गरेका थिए ।

यता, बोल्सोनारोले पनि अमेरिकी राष्ट्रपतिकै तरिकाले कोरोनाभाइरसको संक्रमणसँग जुधिरहेका छन् । उनले भाइरसको चुनौतिलाई बेवास्ता गर्दै होम क्वारेन्टिनको उपायको आलोचना गर्दै आएका छन् भने हाइड्रोक्लोरोक्वीन औषधीको खुलेर तारिफ गर्ने गरेका छन् ।

उनले डब्लूएचओलाई चेतावनी दिइरहँदा ब्राजिलमा भाइरसबाट मृत्यु हुनेको संख्या भने ३५ हजार नाघेको छ । मृत्तकको मामिलामा ब्राजिल अमेरिका र बेलायतपछि तेस्रो स्थानमा रहेको छ ।

देशमा संक्रमितको संख्य ६ लाख नाघेको छ भने पछिल्लो २४ घण्टामा मात्र १ हजार ४३७ जनाले ज्यान गुमाएका छन् ।

स्रोत : अलजजिरा

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार