एजेन्सी । भारतमा हालसम्म २ लाख ३५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यहाँ मृतकको संख्या ६ हजार ६४९ पुगिसकेको छ।
भारतमा पछिल्लो समय दैनिक रुपमा ठूलो संख्यामा कोरोना संक्रमित थपिरहेका छन्।
यद्यपी विश्व स्वास्थ्य संगठन डब्लूएचओले दक्षिण एसियामा हालसम्म कोरोना भाइरस द्रुत गतिमा नफैलिएको बताएको छ।
डब्लूएचओको ताजा जानकारीअनुसार दक्षिण एसिया हालसम्म कोरोनाको हटस्पट बनेको छैन।
भारतमा हरेक तीनहप्तामा संक्रमितहरु दोब्बर बढिरहेको भए पनि दक्षिण एसियाली क्षेत्रमा कोरोना द्रुत गतिमा नफैलिएको डब्लूएचओको भनाइ रहेको छ।
भारतपछि कोरोनाले ग्रस्त बनेको मुलुक पाकिस्तान हो। त्यहाँ ९० हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ भने १९ सयको मृत्यु भइसकेको छ। रोयटर्स






