इटालीलाई उछिनेर भारत कोरोना संक्रमित देशको सूचीमा छैटौं स्थानमा

उज्यालो प्रतिनिधि २४ जेष्ठ २०७७, शनिबार विश्व

भारतमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमितको कुल संख्या २ लाख ३६ हजार ९ सय ५४ पुगेको छ । यससँगै इटालीलाई उछिनेर भारत कोरोना संक्रमित देशको सूचीमा छैटौं स्थानमा उक्लिएको छ ।

इटालीमा कुल २ लाख ३४ हजार ५ सय ३१ जना कोरोना संक्रमित छन् । यो सूचीमा अमेरिका, ब्राजिल, रुस, स्पेन र बेलायत भारतभन्दा अगाडि छन् ।

सक्रिय संक्रमितका आधारमा भने भारत चौथो नम्बरमा छ । भारतमा कुल संक्रमितमध्ये १ लाख १४ हजार ७३ जना निको भइसकेका छन् भने ६ हजार ६ सय ४९ जनाको ज्यान गइसकेको छ । १ लाख १६ हजार २ सय ३२ जनामा सक्रिय संक्रमण छ । भारतभन्दा ज्यादा सक्रिय संक्रमित अमेरिका, ब्राजिल र रुसमा छन् ।

अर्को दक्षिण एशियाली देश पाकिस्तान कुल संक्रमितका आधारमा यो सूचीमा १७ औं स्थानमा छ । यहाँ, कुल ९३ हजार ९ सय ८३ मा संक्रमण देखिएकोमा १ हजार ९ सय ३५ जनाको ज्यान गएको छ, ३२ हजार ५ सय ८१ जना निको भएका छन् ।

५९ हजार ४ सय ६५ जनामा संक्रिय संक्रमण अर्थात् एक्टिभ इन्फेक्सन छ । सक्रिय संक्रमितका आधारमा पाकिस्तान अति प्रभावित देशको छैटौं स्थानमा छ । एजेन्सी ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार