स्पेनले फ्रान्स र पोर्चुगलसँगको सिमा नाकाहरूलाई खुला गर्ने

उज्यालो प्रतिनिधि २३ जेष्ठ २०७७, शुक्रबार विश्व

एजेन्सी । कोरोनाभाइरसको अत्यधिक सङ्क्रमण भएका मुलुकहरूमध्येको यूरोपेली मुलुक स्पेनले महामारी नियन्त्रणका लागि बन्द रहेका फ्रान्स र पोर्चुगलसँगको सिमा नाकाहरूलाई आगामी जुन २२ पछि खुला गर्ने भएको छ ।

स्पेनका पर्यटनमन्त्री रेयस मारोटोले सञ्चारमाध्यमसँग बिहीबार भने, ‘स्पेनमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या क्रमशः कम हुँदै गएको र देशले सङ्क्रमण फैलिनबाट रोक्ने प्रयासस्वरूप विगतमा लिएका उपायलाई क्रमशः खुकुलो पार्ने नीति लिएको छ । यसै अनुरूप यही जुन २२ पछि फ्रान्स र पोर्चुगलसँगको सीमानाका लाई पुनः सञ्चालनमा ल्याइनेछ ।’

उनले थपे, ‘सिद्धान्ततः १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने यस पहिलेको अनिवार्य शर्तलाई पनि ती नाकाबाट प्रवेश गर्ने पर्यटकका लागि हटाइने छ ।’ यो निकै महत्वपूर्ण भएको छ किनकि यसले फ्रान्सेली तथा पोर्चुगाली पर्यटकलाई स्पेनमा स्वागत गर्ने बाटोलाई महामारीपछि पुनः खुला गर्ने उनको भनाइ थियो ।

स्पेनले देशव्यापी बन्दाबन्दीको घोषणा गरेको तीन दिनपछि फ्रान्स र पोर्चुगलसँगको सीमानाकालाई गत मार्च १७ देखि बन्द गरेको थियो । स्पेनमा बिहीबारसम्म दुई लाख ४० हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमित पुगेका छन् भने २७ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ ।

स्पेनले गत मे १५ पछि स्पेन प्रवेश गर्ने व्यक्तिले अनिवार्य दुई हप्ता ‘सेल्फ आइसोलेसन’ मा बस्नुपर्ने गरी अन्तर्राष्ट्रिय आगमनलाई खुला गरेको थियो । यो उपाय हवाई मार्ग, जल वा स्थल मार्गबाट आउने यात्रुका लागि जुलाई १ सम्मका लागि बाध्यकारी रहने निर्णय स्पेन सरकारले यस पहिले नै गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार