सिरहा । सञ्चारकर्मीको आग्रहमा नवजात शिशुको उपचार खर्चको लागी अमेरिकाबाट लोकेश अधिकारीले नेपाली २३ हजार ५७३ नेपाली रुपैयाँ पठाईदिएको छ ।
जिल्लाको गोलबजार नगरपालिका वडा नं.४ तेतरिया जमदहकी २० वर्षिया पालती सदाको नवजात शिशु सृष्टि सदालाई उपचारमा सहयोग जुटेको छ ।
जुडवा (टुईन) बच्चाको जन्म गत वैशाख ११ मा घरमै दिएकी पालती सादको नवजात शिशु सृष्टि सादलाई रगतमा संक्रमण (लेट अनसेट नियूनेटर सेप्लिस) भएपछि सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नं.११ स्थित फूलकुमारी महतो मेमोरियल हस्पिटलमा भर्ना गराएको थियो । नवजात शिशुलाई एनआईसियूमा राखेर उपचार गरिदैछ ।
आर्थिक रुपमा कमजोर विपन्न परिवारका सदाको उपचार खर्चको अभाव भएको भन्दै सलहेश टाईम्सल दैनिक पत्रिका र पत्रकार गणेश कुमार ठाकुरले आफ्नो फेसबुक पेजमा ‘आर्थिक सहयोगको अपिल’ गर्दै सूचना प्रकाशन गरेको थियो ।
त्यही सूचनाका आधारमा अमेरिका बस्दै आएका लोकेश अधिकारीले वुधवार सहयोग पठाईदिएको छ । सिरहा घर भएका लोकेश अधिकारीले नवजात शिशुको उपचारमा सहयोग पुग्ने भन्दै अमेरिकन २०० डलर (२३ हजार ५७३ नेपाली रुपैयाँ) पठाईदिएको छ । उक्त रकमवाट शिशुको आमा पालती सदालाई पौष्टिक प्राप्त हुने उदेश्यले स्याउ २ किलो, हर्लिक्स १ किलोसँगै बच्चाको लागि जोनसोन वेवी प्याक १ सेट, डिटोल साबुन ५ पिस र मेडिकल माक्स १० पिस प्रदान गरेको छ । त्यससँगै २१ हजार ६२० रुपैयाँ अस्पतालमा उपचार खर्चको रुपमा जम्मा गरिदिएको छ ।
उज्यालो नेटवर्क डट कमको सिरहा संवाददाता गणेश कुमार ठाकुर र सलहेश टाईम्सल दैनिक पत्रिकाका प्रकाशक÷सम्पादक सुरेन्द्र कुमार कामतिले अस्पतालमा पुगेर नवजात शिशुको उपचारको अवस्थावारे बाल रोक विशेषज्ञ डा.मनोज कुमार कौशल,डा.श्याम कुमार साहसँग छलफल गरेका थिए । सिष्टिको स्वास्थ्यमा सुधार आएको केही दिन एनआईसियूमै राखिने छ ।
यता सृष्टिलाई अन्य मनकारीले विभिन्न ठाउँबाट सहयोग रकम प्रदान गरेको छ । सिरहाका सञ्चारकर्मीहरुको आग्रहमा विपन्नको उपचारमा सहयोग गर्न हातेमाले गर्नुहुने सवैलाई उज्यालो नेटवर्क डट कमका सिरहा संवाददाता गणेश कुमार ठाकुर र सलहेश टाईम्सल दैनिक पत्रिकाका प्रकाशक सुरेन्द्र कुमार कामतिको तर्फबाट हार्दिक धन्यवाद ।