कंगोमा इबोला भाइरसको नयाँ संक्रमण देखियो

उज्यालो प्रतिनिधि २१ जेष्ठ २०७७, बुधबार विश्व

एजेन्सी । अफ्रिकी मुलुक कंगोमा इबोला भाइरसको नयाँ संक्रमण देखिएपछि त्यहाँ उच्च सतर्कता अपनाइएको बताइएको छ । कंगोको सरकारले यहाँ इबोलाको संक्रमण भेटिएको जनाएपछि यहाँका नागरिकलाई खानपिनमा ध्यान दिन तथा यसको संक्रमणको संका लागेमा तुरुन्त अस्पताल जान सरकारले सूचना जारी गरेको हो ।

कंगोको इक्वाटर प्रान्तको वांगातामा यो प्रकोप देखिएको कंगोको सरकारले मंगलबार जानकारी दिएको समाचारमा जनाइएको थियो । वंगातामा मंगलबारसम्म यो इबोलाका कम्तीमा छ जनामा संक्रमण भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ती छजना मध्ये चार जनाको निधन नै भएको र अरु दुई जना उपचाररत रहेको पनि सो मन्त्रालयले जनाएको छ । यो भाइरसको प्रकोप पुनः देखिएको कुरा विश्व स्वास्थ्य संगठनले पनि पुष्टि गरेको छ । विश्व स्वास्थ्य संगठनले ती संक्रमितहरुको भाइरसबारे ल्याबमा परीक्षण गरिएको र उनीहरुमा उही पुरानै इबोला भेटिएको पाइएको बताएको छ ।

इबोला पनि सरुवा र प्राणघातक रोग भएकोले अस्पताल र स्वास्थ्यकर्मीहरुले पनि सतर्कता अपनाएर उपचार गर्न विश्व स्वास्थ्य संगठनले सुझाएको छ । –एएनआई

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार