कोरोनाका कारण वुहानमा डाक्टरको निधनपछी व्यापक आलोचना

उज्यालो प्रतिनिधि २१ जेष्ठ २०७७, बुधबार विश्व

बीबीसी । चीनको ऊहान सेन्ट्रल अस्पतालमा युरोलोजिस्टको रुपमा काम गरिरहेका डाक्टर हू विफेन्गको मृत्युपछि मानिसहरु त्यहाँको प्रशासनको आलोचना गरिरहेका छन् । कोरोनासँग चार महिनाको लामो युद्धपछि जून २ मा विफेन्गको मृत्यु भयो । उनी जनवरीमा कोरोनाद्वारा संक्रमित पाइएका थिए र कोरोनाका कारण मृत्यु हुनेमा अस्पतालका छैटौं डाक्टर हुन् ।

जुन अस्पतालमा हू विफेन्ग काम गर्दथे त्यहाँ गत वर्ष डिसेम्बरमा कोरोनाबारे पहिलो पटक चेतावनी दिने डाक्टर ली वेनलियान्ग पनि काम गर्दथे । कोरोनाबारे चेतावनी दिँदा प्रशासले ली वेनलियान्गलाई आफ्नो मुख बन्द राख्न भेनेका थियो । पछि ली वेनलियान्गले अस्पतालबाटै एउटा भिडियोमार्फत् आफ्नो कहानी पोस्ट गरेका थिए ।

हू विफेन्गको मृत्युबारे खासै जानकारी उपलब्ध छैन । उनको मृत्युपछि सोशल मिडियामा मानिसहरुले कोरोना महामारीसँग जुध्नका लागि चिनियाँ सरकारको कोसिसको आलोचना गरिरहेका छन् । बिरामी हुँदा कलेजोले राम्रोसँग काम नगर्दा उनको छालाको रङ कालो भएको थियो । चीनमा उनी र उनका साथी कार्डियोलोजिस्ट यी फेनलाई कालो अनुहार भएका ऊहानका डाक्टर भन्न थालिएको थियो । धेरै मानिसहरुले उनलाई कोरोनाविरुद्ध युद्ध लड्ने एक हिरोको रुपमा हेर्न थालेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार