कोरोना संक्रमणबाट पाकिस्तानी मन्त्रीको निधन

उज्यालो प्रतिनिधि २१ जेष्ठ २०७७, बुधबार विश्व

एजेन्सी । पाकिस्तानको सिन्ध राज्यका मानव व्यवस्थापनसम्बन्धी मन्त्री गुलाम मुतुर्जा बलोचको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । सिन्ध राज्यका शिक्षा मन्त्री सइद गनीका अनुसार अस्पतालमा उपचारका क्रममा मन्त्री बलोचको मृत्यु भएको हो ।

केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका उनी घरमै आइसोलेसनमा बसेका थिए । घरमा स्वास्थ्यअवस्था जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गराइरहेका उनको मंगलबार मृत्यु भएको बीबीसीले जनाएको छ ।

बलोच पाकिस्तान पिपुल्स पार्टी कराँचीका अध्यक्षको जिम्मेवारीमा समेत रहेका थिए । उनी सन् २०१६ मा विधानसभा सदस्यमा निर्वाचित भएका थिए । पाकिस्तानमा अहिलेसम्म ७२ हजार संक्रमित भएका छन् भने १५ सय ५३ जनाको मृत्यु भइसकेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार