न्यूजिल्याण्डमा अर्को हप्तादेखि सबै प्रतिबन्धलाई हटाइने

उज्यालो प्रतिनिधि २० जेष्ठ २०७७, मंगलवार विश्व

बीबीसी । न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले कोरोनाभाइरस महामारी रोकथामका लागि लगाइएको सबै प्रतिबन्धलाई अर्को हप्तादेखि हटाइने सम्भावना रहेको बताएकी छिन् ।

उनका अनुसार त्यसपछि देशमा ‘अलर्ट लेभल–वान’ जारी रहनेछ जसअनुसार सामाजिक दुरीको आवश्यकता हुनेछैन र मानिसहरुलाई जम्मा हुनबाट लगाइएको प्रतिबन्ध पनि हटाइनेछ ।

यद्यपि, उनले देशको सीमा हालका लागि बन्द हुने कुरा भने स्पष्ट पारेकी छिन् ।

मंगलबारको पत्रकार सम्मेलनमा उनले भनिन्, ‘चाँडोभन्दा चाँडो कडा लकडाउन लागू गर्ने हाम्रो रणनीतिले फाइदा पुर्याएको छ । साँचो भन्ने हो भने यो आशा गरेभन्दा बढी हो ।’

प्रतिबन्ध कहिलेसम्म जारी रहनेछ ? यसबारे जसिन्डाको क्याबिनेटले २२ जूनमा निर्णय गर्दैथियो तर अब यो बैठक निश्चित मितिभन्दा अघि अर्थात् ८ जुनमा आयोजना गरिँदैछ ।

न्यूजिल्याण्डमा लगातार ११ औं दिन कोरोना भाइरसका कोही पनि नयाँ संक्रमित भेटिएका छैनन् ।

न्यूजिल्याण्डको सरकारले यो लगभग सात हप्ता लामो कडा लकडाउनका कारण सम्भव हुन सकेको छ जसलाई न्यूजिल्याण्डका नागरिकले निकै गम्भीरताका लागि पालना गरे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार