रबिन्द्र यादव, नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको सिमानाकाबाट अवैध रुपमा ल्याउदै गरेको १९ बोरा मल प्रहरीले नियन्त्रणमा लिएको छ ।
गएराती प्रतापपुर गाउपालिका वडा नं ४ हरखपुरा हुँदै भारतबाट अबैधरुपमा चोरी गरी साईकलमा लोड गरि ल्याउदै गरेको करिब लाख ५० हजार बरारबरको (डिएपी) मलको साथै ३ वटा साईकल बिषेश सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय ,ईलाका प्रहरी कार्यालय बेलाटारी र पंचपेडा प्रहरी चौकीको संयुक्त गस्ती टोलीले उक्त मल नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक खुमानन्द पाण्डेले बताए ।
लकडाउनको समयमा तस्करी बढेपछी प्रहरीले सक्रिया देखाउदै गत हप्ता छुट्टाछुटै नाकाहरुबाट करिब १ लाख ३० हजार बराबरको बिभिन्न किराना सामानहरु प्रहरीले नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागि महेशपुर भन्सार पठाएको थियोे भने हरपुर सशस्त्र प्रहरीले ३ लाख ३७ हजारको छोहाडा पनि नियन्त्रणमा लिई भन्सार पठाइएको सशस्त्र प्रहरी २६ नम्बर गण बेलासपुरले जानकारी दिएको छ ।
जिल्लाका सबै सिमानाकाहरुमा सिमा सुरक्षा साथै कोरोना रोकथाम तथा नियन्त्रणका लागी आवतजावतमा पुर्णरुपमा रोक लगाइएको भएपनि तस्करी भने बढीरहेको छ ।